अन्तर्राष्ट्रिय

भारतमा यात्रुबाहक बसमा आगलागी, २० जनाको मृत्यु

नयाँ दिल्ली - भारतको उत्तर प्रदेशमा एक यात्रुबाहक बसमा आगलागी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमकाअनुसार २५ जना घाइते भएका छन्। कतिपयले बसबाट हामफालेर ज्यान जोगाएका छन्।

यो घटना उत्तरप्रदेशको कन्नौजको छिबरामउ शुक्रबार राति भएको हो। । बसमा ४५ जनाभन्दा बढी यात्रु रहेको बताइएको छ तर संख्या भने यकिन भैसकेको छैन। आगलागीको कारण भने खुलेको छैन। घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेस आइका अध्यक्ष राहुल गान्धीले दुःख व्यक्त गरेका छन्।

प्रकाशित: २६ पुस २०७६ ०५:१५ शनिबार

आगलागी