अन्तर्राष्ट्रिय

इरानको आणविक भट्टीनजिकै भूकम्प

तेहरान- इरानमा रहेको आणविक भट्टी नजिकै बुधबार ४.५ म्याग्नीच्युडको भूकम्प गएको छ।  

देशको खाडीमुलुक तर्फको बन्दरगाहनजिकै रहेको इरानको बशेर आणविक भट्टीदेखि ५० किलोमिटर दुरीमा पर्ने ठाउँमा भूकम्प गएको अमेरिकी भूगर्भ अधिकारीहरुले जनाएका छन्। स्थानीय समयानुसार विहान ६ बजेर ४९ मिनेट जाँदा भूकम्प गएको थियो। भूकम्प १० किलोमिटर गहिरो ठाउँबाट गएको थियो।  

राज्यद्वारा सञ्चालित समाचार संस्था इर्नाले जनाएअनुसार भूकम्पका कारण भएको कुनै क्षतिको विवरण भने अहिलेसम्म प्राप्त भएको छैन। बशेर संकट व्यवस्थापन केन्द्रका प्रमुख जहङगीर डेहघानीले ५.१ म्याग्नीच्युडको भूकम्प गएको ठिक दुई हप्तापछि सोही ठाउँमा फेरी अर्को भूकम्प गएको जानकारी दिए। एएफपी

प्रकाशित: २३ पुस २०७६ १०:२८ बुधबार

इरान आणविक_भट्टी भूकम्प