अन्तर्राष्ट्रिय

दीपिकाले भेटिन् जेएनयूका विद्यार्थी, कतै समर्थन कतै विरोध

काठमाडाैं- अभिनेत्री दीपिका पादुकोणले मंगलबार साँझ दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा प्रदर्शन गरिरहेका छात्राहरुको बीचमा पुगेर सबैलाई आश्चर्य पारेकी छन्। करिब साढे सात बजे विश्वविद्यालय परिसरमा पुगेर जेएनयू छात्रासंघका अध्यक्ष आइशी घोषसँग भेट गरेकी थिइन्। आइशी घोष जसलाई आइतबार नकाबधारी समूहले आक्रमण गरि घाइते बनाएका थिए।

दीपिकाले उक्त विश्वविद्यालयमा गएर प्रदर्शनकारी छात्राहरुलाई समर्थन गरेकोमा भारततर्फ चोतर्फी विरोध भइरहेको छ। उनको सो कदमबाट सामाजिक सञ्जालमा उनीप्रति आक्रोश व्यक्त गरिरहेका छन्।
केही बीजपी नेताहरुले आउदै गरेको उनको चलचित्र्र  छपक’ लाई बहिस्कार गर्न आह्वान गरेका छन् भने धेरैले उनको उक्त कदमको प्रशंसा गर्दै समर्थन पनि गरिरहेका छन्।

मंगलबार दीपिका आफ्नो चलचित्र्र छपक’ को प्रचारका लागि दिल्ली पुगेकी थिइन्। यसैक्रममा भारतीय च्यानल आज तकसँगको अन्तरवार्तामा भनेकी थिइन्र्, देशमा जे भइरहेको छ, त्यो देखेर उनलाई दुःख लाग्छ।’

दीपिकालाई देशका धेरै विश्वविद्यालयमा अहिले सरकारविरुद्ध खुलेर प्रदर्शनी भइरहेको छ। धेरै फिल्मी हस्तीहरुले यसबारे खुलेर बोलेका पनि छन् भनेर उनको धारणा सोधिएको थियो।

यसको जवाफमा दीपिकाले भनेकी थिइन्र्, यसबारे जे भन्नु थियो त्यो मैले दुई वर्षअघि भनिसकेको छु। जब चलचित्र पद्मावत रिलीज हुने तरखरमा थियो।’ उनले त्यसबेला भनेकी थिइन् की आफूलाई देशमा भइरहने घटनाबाट धेरै दुःख लाग्ने गरेको छ। एजेन्सी

 

 

प्रकाशित: २३ पुस २०७६ ०८:३७ बुधबार

जेएनयू विद्यार्थी समर्थन विरोध