अन्तर्राष्ट्रिय

को हुन् टाइम वर्ष व्यक्ति ग्रेटा थनवर्ग ?

काठमाडौं- प्रशिद्ध टाइम म्यागेजिनले जलवायु परिवर्तनकी अभियान्ता ग्रेटा थनवर्गलाई वर्ष व्यक्ति घोषणा गरेको छ। १६ वर्षिया स्वीडिस बालिका ग्रेटाले जलवायु परिवर्तनका असरबारे अभियान चलाउँदै आएकी छन्। टाइम पत्रिकारले सन् १९२७ देखि वर्ष व्यक्ति घोषणा गर्दै आइरहेको छ।

उनले मड्रिडमा आयोजित राष्ट्र संघको वातावरण परिवर्तन सम्वन्धी सम्मेलनमा बोल्दै आउँदो दशकले विश्वको भविष्य निर्धारण गर्ने बताइन्। उनले वातावरणको क्षेत्रमा प्रतिवद्ध भएर विश्व नेताहरु लाग्नु पर्ने बताएकी छन्।

उनले गत वर्ष स्वीडेनको संसद भवन अगाडि वातावरणको लागि प्रदर्शन गरेकी थिइन्। उनले चलाएको अभियान विश्वप्यापीरुपमा 'फ्राइडेज फर फ्यूचर' नामले चर्चित बनेको थियो।

जलवायु परिवर्तनको क्षेत्रमा उनले चलाएको अभियानमा विश्वका लाखौ विद्यार्थी सहभागि भएका छन्।

'तिमीहरुले मेरो सपना र बालपन चोरेका छौ तिम्रा खोक्रा शब्दहरुले। हामीले तिमीहरुलाई हेरिरहेका छौं,' सेप्टेम्वरमा संयुक्त राष्ट्र संघमा उनले गरेको यो भाषण चर्चित रहेको छ।

प्रकाशित: २६ मंसिर २०७६ ०५:०१ बिहीबार

टाइम जलवायु वर्ष_व्यक्ति