अन्तर्राष्ट्रिय

दक्षिण चीनमा भूकम्प

नानिङ– चीनको गुआङ्सी झुआङमा तीन दिनअघि आएको ५.२ म्याग्नीच्यूडको भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु हुनुका साथै दुई हजारभन्दा बढी व्यक्ति प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ।

भूकम्पबाट पाँच जना घाइते भएका थिए। भूकम्पबाट जियाङ्सी र चोङजाओमा सबैभन्दा बढी क्षति भएको छ।

स्थानीय प्रशासनले ३ सय भन्दा बढी घरमा नराम्रोसँग क्षति पुगेको र करिब १० लाख अमेरिकी डलर बराबरको धनमाल क्षति भएको जनाएको छ। सिन्ह्वा

प्रकाशित: १२ मंसिर २०७६ ०७:५२ बिहीबार

चीन भूकम्प