अन्तर्राष्ट्रिय

सोनिया गान्धीको नेतृत्वमा प्रदर्शन

नयाँ दिल्ली – भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा सोमबार भारतको संसद्मा प्रदर्शन भएको छ। महाराष्ट्र राज्यमा सरकार बनाउने विषयमा धोका भएको भन्दै काँग्रेसका नेता तथा सांसदहरुले प्रदर्शन गरेका हुन्। काँग्रेसका नेताहरुले ‘लोकतन्त्रको हत्या बन्द गर’ भनेर नारा लगाएका थिए।

संसद् बैठक सुरु हुनासाथ उनीहरुले नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको थियो। भारतको लोकसभा र राष्ट्रियसभा दुवैमा काँग्रेस नेता तथा सांसदहरुले प्रदर्शन गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् महाराष्ट्रमा हालै भएको निर्वाचनपछि काँग्रेस र शिव सेनाले सरकार बनाउने तयारी गरेपनि अर्को पक्षलाई साथमा लिएर भारतीय जनता पार्टीले नै सरकार बनाएपछि रिसाएको काँग्रेसले संसद्मा प्रदर्शन गरेको हो।
 

प्रकाशित: १० मंसिर २०७६ ०१:३७ मंगलबार

सोनिया_गान्धी संसद्मा_प्रदर्शन