अन्तर्राष्ट्रिय

इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं - इन्डोनेसियाको मालुकु प्रान्तमा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार शुक्रबार बिहान ७.१ रेक्टर स्केलको भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेलाइृ उदृत गर्दै अलजजीराले जनाएको छ।

भूकम्पको केन्द्रविन्दु मोलुसा सागरमा रहेको उल्लेख छ। मानवीय क्षतिको विवरण भने आइसकेको छैन। समाचारमा जनाइएअनुसार भूकम्पका कारण सुनामी आउने चेतावनी दिइएको छ। इन्डोनेसियाको मौसम विज्ञान विभागले सुनामी आउने चेतावनी जारी गर्दै मानिसहरुलाई समुद्र तटभन्दा टाढै रहन आग्रह गरेको छ।

 

प्रकाशित: २९ कार्तिक २०७६ ०१:५४ शुक्रबार

भूकम्प सुनामी