अन्तर्राष्ट्रिय

हवाई कारबाहीमा बाह्र तालिबान लडाकू मारिए

तालुकान- अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा १२ तालिबान लडाकू मारिएका छन्।

लडाकू विमानले तालिबानलाई लक्ष्य गरी यो कारबाही गरेको प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाद हजारीले मङ्गलबार बताएका छन्।

यस हवाई कारबाहीमा अन्य पाँच लडाकू घाइते भएका पनि जानकारी दिइएको छ। यसक्रममा सुरक्षाबल र सर्वसाधारण तर्फ भने कुनै हताहत भएको खबर प्राप्त भएको छैन।

अफगानिस्तानको राजधानी काबुलबाट २४५ किलोमिटर उत्तरमा पर्ने तखार प्रान्तमा सक्रिय तालिबान लडाकू समूहले यस कारबाहीका विषयमा औपचारिक रुपमा कुनै टिप्पणी गरेको छैन। सिन्ह्वा

प्रकाशित: १९ कार्तिक २०७६ ०८:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App