अन्तर्राष्ट्रिय

प्रतिदिन पाँच केजी युरेनियम उत्पादन गर्दै इरान

तेहरान – इरानले दैनिक पाँच केजी उच्च गुणस्तरको प्रशोधित युरेनियम उत्पादन गरिरहेको सोमबार घोषणा गरेको छ। दुई महिनाअघिको भन्दा यो १० गुणा बढी उत्पादन हो।

सन् २०१५ को आणविक सम्झौताबाट संयुक्त राज्य अमेरिका बाहिरिएपछि इरानले आणविक प्रयोजनका लागि सुधारिएको युरेनियम उत्पादनलाई तीव्र बनाएको छ। इरानले दुई वटा नयाँ अत्याधुनिक सेन्ट्रीफ्युज पनि विकास गरेको जनाएको छ। तीमध्ये एउटाको परीक्षण भइरहेको उसले जिकिर गरेको छ।

इरानका आणविक ऊर्जा संस्थाका प्रमुख अलि अकबरले मध्य इरानको नतान्ज केन्द्रबाट युरेनियमसँग सम्बन्धित कार्य तीव्र गतिमा भइरहेको जानकारी दिएका छन्। इरानी आणविक कार्यक्रमप्रति असहमति जनाएको अमेरिकी ट्रम्प प्रशासनले इरानविरुद्ध हाल कडा आर्थिक तथा राजनीतिक प्रतिबन्ध लगाएको छ। एजेन्सी

प्रकाशित: १९ कार्तिक २०७६ ०२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App