अन्तर्राष्ट्रिय

बग्दादी मारिएको आईएसद्वारा पुष्टि, को भए नयाँ नेता ?

एजेन्सी – इस्लामिक स्टेट (आईएस)ले अबु इब्राहिम अल–हाशमीलाई नयाँ नेता चुनेको छ । अमेरिकी सेनाले सिरियामा गरेको कारबाहीमा आफ्नो नेता अबु बक्र अल बग्दादीको मृत्यु भएपछि इस्लामिक स्टेटले इब्राहिमलाई नयाँ नेता चुनेको हो ।

एक अडियो सन्देश मार्फत २७ अक्टोबरमा बगदादी मारिएको पुष्टि गर्दै आईएसले आफ्ना प्रवक्ता अबु अल हसन अल मुहाजिर पनि मारिएको जनाएको छ । यस्तै अबु हम्जा अल कुरैशीले नयाँ प्रवक्ताको जिम्मेवारी पाएको आईएसले जनाएको छ । उनले आईएसका नयाँ नेता अबु इब्राहिम अल–हाशमीसँग हात मजबुत बनाउन मुस्लिम समुदायलाई आह्वान गरेका छन् ।

बीबीसीका अनुसार अबु इब्राहिम अल–हाशमी अमेरिकी सुरक्षा बलका लागि परिचित नाम होइन । इस्लामिक स्टेटले पनि आफ्नो नयाँ नेतृत्वको बारेमा धेरै जानकारी दिएको छैन । उनको तस्वीर पनि सार्वजनिक गरिएको छैन । तर इस्लामिक स्टेटले भनेको छ, अल–हाशमी पुरानो जिहादी लडाकु हुन् र उनी पश्चिमाविरुद्ध धेरै लडाइँ लडिसकेका छन् ।

 

प्रकाशित: १५ कार्तिक २०७६ ०४:२० शुक्रबार

आईएस बगदादीको_मृत्यु इब्राहिम_अल–हाशमी