अन्तर्राष्ट्रिय

पाकिस्तान : कराची–रावलपिंडी एक्सप्रेसमा विष्फोट, ६५ को मृत्यु

एजेन्सी – पाकिस्तानमा बिहिवार कराची–रावलपिंडी एक्सप्रेसमा विष्फोट हुँदा ६५ जना मृत्यु भएको छ। पंजाव प्रान्तको दक्षिणमा रहिम यार खान भन्ने स्थानमा उक्त घटना भएकाे भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

रेल अधिकारीहरुको अनुसार खाना पकाउनलाई प्रयोग गरिने ग्यास विक्ष्फोट भएको थियो। विष्फोट पछि रेलको तीनवटा डिब्बामा आगो लागेको हो।आगलागीमा परेर ६५ यात्रुहरुको मृत्यु भएको छ भने ३० भन्दा बढी यात्रु गम्भीर घाइते भएका छन्।

घाइतेहरुलाई मुल्तानको बीवीएच बहावलपुर र पाकिस्तान–इटालियन मोडर्न बर्न सेन्टरमा राखिएको छ। रहीम यार खानको उपयुक्त नमील अहमदको अगुवाईमा रेस्क्यू अपरेशन चलिरहेको छ।

अहिलेसम्मको जानकारी अनुसार बिहिवार भएको यो विष्फोटभन्दा पहिले इकोनोमी क्लासका दुई डिब्बामा आगो लाग्न सुरु भएको थियो। आगो इकोनोमी क्लासदेखि बिजनेस क्लासको डिब्बामा सल्केको अधिकारीहरुले बताएका छन्। घाइतेहरुलाई नजिकैका अस्पतालहरुमा भर्ना गरिएको छ भने घटनास्थलमा रेस्क्यू टिम पुगेको छ।

कतिपए मानिसहरु आफ्नो ज्यान जोगाउन चलिरहेको ट्रेनबाट हाम फालेका छन्। पाकिस्तानको रेल मन्त्री शेख राशिदका अनुसार विहान यात्रुहरुलाई नास्ताको व्यवस्था मिलाउँदा एउटा सिलिन्डर विष्फोटबाट आगो थियो र धेरै यात्रुहरुले रेलबाट कुदेर आफ्नो ज्यान बचाएका थिए।

उनका अनुसार उक्त ट्रेनलाई दुई घण्टाभित्र चालु अवस्थामा ल्याइनेछ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यो घटनामा दुःख व्यक्त गर्दै घाइतेलाई राम्रो उपचार दिनका लागि अधिकारीहरुलार्य आग्रह समेत गरेका छन्। उनले मृतकका आपन्त तथा परिवार प्रति संवेदना पनि व्यक्त गरेका छन्।

प्रकाशित: १४ कार्तिक २०७६ ०६:३२ बिहीबार

रेल विष्फोट मृत्यु घाइते