अन्तर्राष्ट्रिय

ईयू सांसदले भने, 'धारा ३७० भारतको आन्तरिक मामला हो'

काठमाडाैँ- भारतको जम्मू कश्मीरको अनुगमनमा आएका यूरोपेली सांसदहरुले बुधबार एक पत्रकार सम्मेलन गर्दै भारत एक शान्तिप्रिय देश हो भनेर कश्मीरका मान्छेलाई थाहा भएको बताएका छन्। त्यस्तै उनीहरुले आतंकवादविरुद्ध भारतको साथमा यूरोप साधै रहेको बताए। उनीहरुले भने, 'आतंकवादको विरुद्ध हामी खुलेर साथ दिन्छौ, आतंकवाद जस्तो जघन्य अपराध युरोपको लागि ज्यादै नै महत्वपूर्ण रहेको छ।'

दुई दिनको कश्मीरका भ्रमणको अन्तिम दिन पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै युरोपियन संसदका २३ सांसदहरूको समूहले मंगलबार आतंककारीहरूले पश्चिम बंगालबाट आएका ५ मजदुरहरूको हत्याको निन्दा समेत गरे। त्यस्तै उनीहरुले धारा ३७० भारतको आन्तरिक मामला भएको बताएका छन्।

फ्रान्सका सांसद हेनरी मालोसेले भने,' यदि हामी धारा ३७० कुरा गर्छाै  भने याे भारतको आन्तरिक मामला हाे,हाम्रो चिन्ताको विषय भनेको आतंकवाद हो जुन एक वैश्विक खतरा हो र हामीले यससँग लड्न भारतसँगै उभिनै पर्छ। आतंककारीहरूले निर्दोष मजदुरहरूको हत्या गरेको एउटा दुर्भाग्यपूर्ण घटना भयो। हामी यसको निन्दा गर्छौं, "

उनले थप्दै भने,'हाम्राे सांसदहरूकाे टोलीले सेना र पुलिसका साथै युवा कार्यकर्ताहरूबाट ब्रिफिंग पाएको छ र "शान्तिको धारणा" आदानप्रदान गरिएकाे थियाे।' त्यस्तै पत्रकार सम्मेलनमा बेलायतका सांसद न्यूटन डनले पनि साै मालाेसेकाे भनाइ प्रति सहमति जनाउँदै भारतकाे साथमा यूराेप साधै रहिरहने बताए।

प्रकाशित: १३ कार्तिक २०७६ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App