अन्तर्राष्ट्रिय

इराकी कर्बलामा १८ जना प्रदर्शनकारीको मृत्यु

बग्दाद- इराकको कर्बालास्थित शिते शहरमा प्रदर्शनकारी विरुद्ध भएको कारबाहीमा १८ जना प्रदर्शनकारीको मृत्यु भएको एक इराकी अधिकारीले बताएका छन्।

ती अधिकारीले उक्त घटना मंगलबार बिहानै भएको जनाएका छन्। इराकमा लगातार पाँच दिनदेखि सरकार विरुद्ध प्रदर्शन भइरहेको छ। इराकमा भ्रष्टाचार बढेको, सेवासुविधामा कमी आएको तथा अरु समस्या भोग्नु परेको भन्दै जनविद्रोह जारी छ।

नाम बताउन नचाहने एक जना प्रत्यक्षदर्शीले कारमा हिँडिरहेका प्रदर्शनकारीलाई लक्षित गरी सादा पोशाकका सुरक्षाकर्मीले गोली चलाएको बताएका छन्। रासस

प्रकाशित: १२ कार्तिक २०७६ ०८:३० मंगलबार

इराकी कर्बला प्रदर्शनकारी मृत्यु