अन्तर्राष्ट्रिय

कारबाहीमा दश आइएस लडाकू मारिए

जलालाबाद– अफगानिस्तानको पूर्वी प्रान्त नन्गाहारमा सुरक्षाबलले गरेको कारबाहीको क्रममा दश इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएको प्रान्तीय सरकारले शनिबार जानकारी दिएको छ। 

नन्गाहार प्रान्तको आचिन दि जिल्लामा गत २४ घण्टा भित्र आइएस लडाकूविरुद्ध भएको सुरक्षा कारबाहीमा ती दश लडाकू मारिएका सरकारी स्रोतले जनाएको छ।  

अफगानिस्तानको राजधानी काबुलबाट १२० किलोमिटर पूर्व रहेको यस स्थानमा सुरक्षा बल र आइएस लडाकूबीच बारम्बार झडप हुने गरेको छ।  यसैकारण हजारौं सर्वसाधारण सुरक्षित स्थानका भाग्न बाध्य भएका छन्। 

सन् २०१५ को शुरुबाट बलियो पकड बनाइ बसिरहेका आइएस लडाकू समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन्। सिन्ह्वा

प्रकाशित: २ कार्तिक २०७६ ०८:५२ शनिबार

लडाकू आइएस