अन्तर्राष्ट्रिय

भारत र फिलिपिन्सबीच चार बिषयमा सहमति

मनिला - भारत र फिलिपिन्सबीच चार सहमतिमा शुक्रबार हस्ताक्षर भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको फिलिपिन्समा भइरहेको पाँच दिने भ्रमणका क्रममा सहमति भएको हो ।

सहमतिमा सुरक्षा, पर्यटन, विज्ञान, प्रविधि, संस्कृतिलगायतका विषयलाई समेटिएको अधिकारीहरुले जानकारी दिएका छन्। भ्रमणका क्रममा भारतीय राष्ट्रपति कोविन्दले फिलिपिन्सका समकक्षी रोड्रिगो डुटेर्टेसँग भेटवार्ता पनि गरेका छन् ।  

भारतको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जाल ट्वीटर मार्फत् दिएको जानकारी अनुसार दुई देशकाबीचमा साझेदारी र सहकार्यका बारेमा पनि सहमति भएको छ । 

उनीहरुबीच दुई पक्षीय हित, अन्तर्राष्ट्रिय साझा चासो र आपसी सम्वन्धका बारेमा कुराकानी भएको कार्यालयले जनाएको छ।

प्रकाशित: २ कार्तिक २०७६ ०३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App