अन्तर्राष्ट्रिय

नोबेल पुरस्कार विजेताले गरीब विद्यार्थीलाई पढाउने

देहरादुन (एजेन्सी) – नोबेल पुरस्कार विजेता भारतीय मूलका अमेरिकी अर्थशास्त्री अभिजीत बनर्जीले गरीब दुई विद्यार्थीलाई पढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बनर्जीले जोगिवालामा गरीब दुई विद्यार्थीलाई विद्यालय शिक्षाका लागि सहयोग गर्ने बताएका हुन्। नोबेल पुरस्कार छनोट समितिले उनलाई केही दिन अगाडि मात्रै अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार दिने निर्णय भएको घोषणा गरेको थियो।

विवेकानन्द विद्यालय देहरादुनका विद्यार्थीद्वय आर्यन थापा र अमान डोब्र्याललाई उनले निःशुल्क छात्रवृत्तिको व्यवस्था गर्ने भएका हुन्।

नोबेल पुरस्कार विजेता अर्थशास्त्री बनर्जीले तीन वर्ष अगाडि असामयिक निधन भएको आफ्ना छोराको नाममा स्थापना गरेको कवीर स्मृति छात्रवृत्ति उनीहरूलाई उपलब्ध गराउने भएका हुन्।

शिक्षा आर्जनका लागि आफूहरुलाई सहयोग गर्ने घोषणा गरेकोमा नोबेल पुरस्कार विजेता बनर्जीलाई दुई विद्यार्थीले धन्यवाद व्यक्त गरेका छन्।

पुरस्कार विजेता बनर्जी ती विद्यार्थीले पढ्दै आएको विवेकानन्द विद्यालयसँग लामो समयदेखि सम्बन्धित छन। उनी त्यस विद्यालयको संस्थापक पनि हुन्।

प्रकाशित: १ कार्तिक २०७६ ०१:१९ शुक्रबार

नोबेल_पुरस्कार गरीब_विद्यार्थी