अन्तर्राष्ट्रिय

गैरकानुनी आप्रवासीको उद्धार

त्रिपोली  (एजेन्सी) – लिबियाली नौसेनाले बुधबार देशको पश्चिमी तटीय क्षेत्रमा अफ्रिका र एसियाका ८२ भन्दाबढी गैरकानुनी आप्रवासीलाई उद्धार गरेको छ।

आप्रावासी संकटमा परेको भन्ने एउटा टेलिफोन कल प्राप्त भएपछि तटस्थ सुरक्षाकर्मीले ११ महिला र आठ बालबालिकासहित ८२ अवैध आप्रवासीलाई उद्धार गरेको नौसेनाका प्रवक्ता अयोब काससेमले बताएका छन्।

लिबियाको राजधानी त्रिपोलीबाट ४५ किलोमिटर पश्चिममा रहेका तटीय सहर जबियाबाट ६५ किलोमिटर टाढा रहेको स्थानामा सो उद्वारकार्य भएको बताइएको छ।

त्रिपोलीभन्दा एक सय २० किलोमिटर पूर्वमा रहेको खोम्सको तटबाट मंगलबार लिबियाको नौसेनाले ९० जना अवैध आप्रवासीलाई उद्धार गरेका थिए।

सन् २०११ बाट लिबिया असुरक्षा र अराजकताको घेरामा परेको छ। लिबियाली वरिष्ठ नेता मुअम्मर गद्दाफीको सन् २०११ मा हत्या गरिएपछि हजारौं अवैध आप्रवासीले लिबियाबाट भूमध्यसागर पार गर्ने निर्णय गरेका थिए।

सुरक्षा बिग्रिएको सुरक्षा अवस्थाका कारण लिबिया शरणार्थीको शरणस्थानको लागि सुरक्षित स्थान नभएको शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तले बारम्बार बताउँदै आएका छन्।

प्रकाशित: १ कार्तिक २०७६ ०१:११ शुक्रबार

आप्रवासी उद्धार