अन्तर्राष्ट्रिय

सिकागोमा गोली चल्यो

सिकागो– संयुक्त राज्य अमेरिकाको सिकागोको उत्तरपश्चिम क्षेत्रमा एक अपार्टमेन्टमा गोली चल्दा चार जनाको मृत्यु भएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ।

विगत १५ वर्षदेखि अपार्टमेन्टमा बस्दै आएका एक जना ६७ वर्षीय निर्माण मजदूरले त्यही अपार्टमेन्टमा रहेका व्यक्तिमाथि शनिबार राति गोली चलाएका थिए। मारिएकाहरुमा तीन जना पुरुष र एक महिला थिइन्।    

मारिएका व्यक्तिहरु आफ्नो कोठामा खाना खाइरहेका बखत ती मजदूर जबर्जस्ती भित्र पसेर गोली चलाएको प्रहरीले बताएको छ।   

प्रहरीले ती शंकास्पद व्यक्तिलाई पक्राउ गर्नुका साथै उनीसँग रहेको हतियार बरामद गरेको छ। गोली चलाउनुको कारण थाहा हुन सकेको छैन। रासस

प्रकाशित: २६ आश्विन २०७६ ०९:०४ आइतबार

सिकागो गोली