बग्दाद– आधारभूत सेवा र रोजगारीको अवसर कम भएको विरोधमा इराकमा देशभरी भएको विरोध प्रदर्शनको क्रममा एक व्यक्तिको मृत्यु भएको छ। विरोधमा अन्य २ व्यक्ति घाइते भएका इराक प्रहरीलाई उदृत गर्दै समचार संस्था सिन्ह्वाले जनाएको छ।
इराकी सरकारले देशभरी भएको विरोध प्रदर्शनको साथसाथै जारी हिंसाको निन्दा गरेको गृह र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा जनाइएको छ।
सर्वसाधारणको ती मागहरुको सही र विषयवस्तु रुपमा ल्याउने र शान्तिको प्रदर्शनलाई हटाउने उद्देश्यले दंगाकारीहरूको एउटा समूहले उक्साएको बताइएको छ।
जारी यस हिंसामा परी एक प्रदर्शनकारी मारिनुको साथै २ सय अन्य घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ। घाइते भएका २ सय व्यक्तिहरुमा ४० जना सुरक्षा अधिकारी रहेका बताइएको छ।
‘हामी अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तको साथैमा उभिएका छौं जुन इराकी संविधानमा उल्लेख गरिएको छ। हामी सबै नागरिकलाई शान्त र संयम गर्न आग्रह गर्दछौं, हामी सुरक्षा सेवाहरु आफ्नो सुरक्षाको सुनिश्चितताका लागि आफ्नो कर्तव्य निरन्तर निरन्तरता दिनेछौं भन्ने कुराको पुष्टि गर्दछौ ’ प्रदर्शनकारीहरुले बताएका छन्।
घाइतेमध्ये धेरैले प्राथमिक उपचारपछि घर फर्किएका र बाँकी ५० जना घाइतेहरुले अझै अस्पतालमा उपचार जारी रहेको विज्ञप्तिमा थप जानकारी दिएको छ।
मङ्गलबार अपराह्न सयौं इराकी प्रदर्शनकारीहरू बग्दादको केन्द्रमा रहेको तहरीर स्क्वायरमा भेला भएर विद्युत, सफा पानी र रोजगारीको अवसरको अभावसहित आधारभूत सेवाहरूमा सुधार नभएको भनि विरोघ प्रर्दशन गरेका थिए।
सुरक्षाकर्मी र दंगा प्रहरीले आन्दोलनकारीहरूलाई तितरवितर पार्नको लागि अश्रुग्याँस, पानीको फोहरा र गोलाबारुद चलाएपछि एक प्रदर्शनकारीको मृत्यु भएको थियो। प्रदर्शनकारीहरूले टायरहरू जलाउनुको साथै र नजिकैको सडकहरू अवरुद्ध गरेका थिए। रासस
प्रकाशित: १५ आश्विन २०७६ ०८:३५ बुधबार