अन्तर्राष्ट्रिय

कारखाना आगलागीमा परी १९ व्यक्ति मारिए

हाङ्झोउ- चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरमा अवस्थित एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ व्यक्ति मारिएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका छन्।    

दैनिक आवश्यताको सामाग्री उत्पादन हुने यस कारखानामा स्थानीय समयानुसार आइतबार मध्यराती १ बजेर २० मिनेटमा आगलागी शुरु भएको बताइएको छ।    

स्थानीय समय अनुसार सोमबार बिहान ६ बजे सो आगलागीमा परी मारिने व्यक्तिको सङ्ख्या १९ पुगेको प्रहरीले जनाएको छ। यस दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको जानकारी दिइएको छ। रासस

प्रकाशित: १३ आश्विन २०७६ ०७:२० सोमबार

कारखाना आगलागी मारिए