अन्तर्राष्ट्रिय

पाकिस्तानमा भूकम्पले चार जनाकाे मृत्यु, सडकनै चिराचिरा (फाेटाे फिचर)

पाकिस्तान- पाकिस्तानको राजधानी इस्लामाबादसहित देशको उत्तरी भेग, लाहोर, पेशावर र पाकिस्तान प्रशासित कश्मीरमा मङ्गलवार साँझ भूकम्पका धक्काहरू महसुस गरिएका छन्। अमेरिकी भूगर्भसम्बन्धी निकाय यूएसजीएस र पाकिस्तानको भूगर्भ विभागले उक्त भुकम्पको मापन ५.८ म्याग्निच्युडको गरेका छन्।

जसको केन्द्रविन्दु पञ्जाब प्रान्तको झेलम शहरभन्दा पाँच किलोमिटर पर थियो। भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताइएको छ। पाकिस्तानका सेना प्रमुखले प्रभावित क्षेत्रमा तत्काल उद्धारकार्य सुरू गर्न निर्देशन दिएको सेनाका प्रवक्ताले ट्विटमार्फत् बताएका छन्।

धक्का महसुस गरिएको एउटा क्षेत्र मिरपुरका प्रहरी अधिकारीले त्यहाँ चार जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मिरपुर पाकिस्तान प्रशासित कश्मीरमा पर्छ। हताहत हुनेको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताइएका छन्। थुप्रैतिरबाट जमिन चिरा परेका र घरहरू भत्किएका तस्बिरहरू आएका छन्। भारतको राजधानी नयाँदिल्लीसहित भारतका थुप्रै शहरमा समेत धक्का महसुस गरिएकाे छ । एजेन्सी

 

प्रकाशित: ७ आश्विन २०७६ १४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App