अन्तर्राष्ट्रिय

नर्सिङ अस्पतालमा आगलागी, कम्तीमा दुई व्यक्तिको मृत्यु

सोल- दक्षिण कोरियामा रहेको एक अस्पतालमा भएको आगलागीमा परी दुई वृद्धको मृत्यु यहाँको समाचार समिति योन्हापले मङ्गलबार जानकारी दिएको छ।     

दक्षिण कोरियाको राजधानी शहर सोलबाट करिब ३० किलोमिटर पश्चिममा रहेको सो अस्पताल भवनको पाँचौं तलाबाट सो आगलागी शुरु भएको र चौथो, तेस्रो तलामा आगो लागेको बताइएको छ।     

यस आगलागीमा अन्य ३६ जना घाइते भएका योन्हापले जानकारी दिएको छ। स्थानीय समया अनुसार मङ्गलबार ९ बजेर ३० मिनेटमा आगोलागी शुरु भएको थियो।     

करिब १ सय ३० जना बृद्धहरुलाई नर्सिङ सुविधा दिएर राखिएको यस अस्पतलामा घाइते भएकाहरुमा छ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। रासस

प्रकाशित: ७ आश्विन २०७६ ०८:३२ मंगलबार

अस्पताल आगलागी मृत्यु