अन्तर्राष्ट्रिय

यौन दुर्व्यवहारको आरोपमा भारतमा पूर्वमन्त्री पक्राउ

भारत । युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा भारतमा एक जना पूर्वमन्त्री तथा सत्तारुढ दलका नेतालाई पक्राउ गरिएको छ। भारतीय जनता पार्टीका नेता स्वामी चिनमायानन्दलाई उत्तर प्रदेशकी एक विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो। 

“चिनमायानन्दलाई उहाँकै घरबाट पक्राउ गरिएको छ, उहाँको स्वास्थ्य अवस्था गम्भीर छ,” चिनमायानन्दका वकिल पूजा सिंहले भने। “उहाँलाई अहिले चिकित्सकको निगरानीमा राखिएको थियो । म उहाँको वकिल भएपनि मलाई उहाँसँग भेट्न दिइएको छैन ।”

पक्राउ गरेपछि चिनमायानन्दलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो। “उहाँलाई नियमितरूपमा स्वास्थ्य परीक्षणका लागि ल्याउने गरिएको छ,” एक चिकित्सकले भने। 

प्रकाशित: ३ आश्विन २०७६ १४:०८ शुक्रबार

यौन_दुर्व्यवहार पूर्वमन्त्री पक्राउ