अन्तर्राष्ट्रिय

साउदीको नेतृत्वमा यमनमा हवाई आक्रमण

साना- साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धन सेनाले शुक्रबार बिहान यमनको ‘लाल सागर’ बन्दरगाह शहर होडेडाको चारवटा क्षेत्रलाई लक्षित गरी हवाई कारबाही गरेको छ। यमनी हुथी विद्रोहीहरूलाई लक्ष्य गरी उक्त कारबाही भएको बताइएको छ।    

साउदी गठबन्धनका प्रवक्ता तुर्की अल–मलिकीको भनाई उद्धृत गर्दै होेडेडामा रहेका हुथी आतङ्ककारी विरुद्ध यो कारबाही भएको साउदी प्रेस एजेन्सी जारी विज्ञप्तिमा जनाइएको छ।    

यसैबीच, हुथी समूहले उनीहरूको टेलिभिजन च्यानल अल मसिराहमार्फत यस हवाई हमलाले संयुक्त राष्ट्र नेतृत्वमा भएको युद्धविराम सम्झौताको उल्लङ्घन भएको बताएका छन्।    

इरानको सहयोग रहेका हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाले यमनमा चार बर्ष भन्दा बढी समयदेखि हवाई आक्रमण जारी राखेको छ। साउदी अरबले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र यमनका राष्ट्रपति अब्दरब्बू मन्सूर हादीको समर्थनमा चार बर्ष भन्दा बढी समयदेखि हुथी विद्रोही विरुद्ध हवाई आक्रमण जारी राखेको छ। रासस

प्रकाशित: ३ आश्विन २०७६ ०९:३५ शुक्रबार

हवाई आक्रमण