अन्तर्राष्ट्रिय

बलोचिस्तान स्वतन्त्रताको माग गर्दै राष्ट्रसंघ मुख्यालय अगाडि प्रदर्शन

एजेन्सी - पाकिस्तानको बलोचिस्तान प्रान्तमा रहेको संयुक्त राष्ट्रसंघ मुख्यालय अगाडि स्वतन्त्रताको माग गर्दै  प्रदर्शन गरिएको छ । बलोचिस्तानमा मानवअधिकार र स्वतन्त्रता कायम गर्न माग गर्दै पोस्टरसहित प्रदर्शन गरिएको हो ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार काउन्सिलको ४२ औँ बैठकअघि  प्रदर्शन गरिएको अन्तराष्ट्रि संचारमाध्यहरूले जनाएका छन्। अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनका लागि बलोच मानवअधिकार काउन्सिलको अगुवाइमा प्रदर्शन गरिएको हाृ । बलोचिस्तानमा हुने गरेको अपहरण, गैरन्यायिक हत्या तथा मानव अधिकार उल्लंघनका घटनाबारे अन्तर्राष्ट्रिय  जगतलाई ध्यानाकर्षण गराउनको लागि बलोच मानवअधिकार काउन्सिलले प्रदर्शन गरेको हो।

काउन्सिलले पाकिस्तानको हस्तक्षेपबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षणका लागि ठूलो टेन्टभित्र बलोचिस्तानमा भएको मानवअधिकार उल्लंघनबारे वृत्तचित्र पनि प्रदर्शन गर्ने भएको छ । साथै मानवअधिकार उल्लंघनबारेका छलफल पनि गरिने जनाइएको छ जहाँ युरोपियन पार्लियामेन्ट, अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाले छलफल गर्नेछन् ।

बलोचिस्तानमा बस्दै आएका नागरिकहरुले स्वतन्त्रताको माग गर्दै १९४८ देखि नै प्रदर्शन गर्दै आइरहेका छन् । अमेरीका, जर्मनी, बेलायत लगायतका मुलुकमा पनि बलोचिस्तानका नागरिकको स्वतन्त्रताका लागि प्रदर्शन हुँदै आएको छ ।

प्रकाशित: २७ भाद्र २०७६ १२:४६ शुक्रबार

संयुक्त_राष्ट्रसंघीय_मानवअधिकार_काउन्सिल स्वतन्त्रता