अन्तर्राष्ट्रिय

पाकिस्तानमा कृषि उत्पादनको मूल्य आकासियो

कराँची- आर्थिक संकटको पीडा खेप्दै आएको पाकिस्तानमा कृषि क्षेत्रका उत्पादनहरुको मूल्य अकासिएको छ। राष्ट्रिय ढुकुटी रित्तिदै जाँदा त्यसको असर कृषि क्षेत्रमा देखा परेको हो। हाल पाकिस्तानको मुद्रास्फीति दर दोहोरो अंक नजिक छ।

मूल्य वृद्धिको सबै भन्दा ठूलो असर दुग्घ क्षेत्रमा देखापरेको छ। अहिले पाकिस्तनामा दुधको मूल्य प्रति लिटर १४० पाकिस्तानी रुपैयाँसम्म पुगेको छ। जबकी त्यहाँ पेट्रोल ११३ रुपैयाँमा र डिजेल ९१ रुपैयाँमा बिक्री भइरहेको छ। तर, पाकिस्तानी सरकार भने दुधको मूल्य भने ९४ रुपैयाँ मात्रै तोकेको दाबी गर्छ।

हाल पाकिस्तानमा पेट्रोल र डिजेल भन्दा दुध महंगो भएपछि इमरान खान सरकारको आलोचना हुनथालेको छ। दुग्ध उत्पादकहरुको दबाबका कारण पनि मूल्य वृद्धि गर्न बाध्य भएको अन्तराष्ट्रिय मिडिया बताउँछन्। यता उत्पादकहरुले भने दाना, मेसिन, तथा ढुवानी खर्चमा भएको वृद्धिका कारण मूल्य बढाउनु परेको बताउँदै आएका छन्। 

पाकिस्तानी अर्थमन्त्री असद अमरले देशको अर्थतन्त्र धरासायी अवस्थामा पुगेको स्वीकार गर्छन्। मुद्रास्फीति दसौं अंक नजिक हुनु र आर्थिक वृद्धिदर ऋणात्मक हुनु अर्थतन्त्रको दयानीय पक्ष हो। विज्ञहरुका अनुसार यस्तै अवस्था रहे पाकिस्तान आर्थिक मन्दीमा नराम्ररी फस्न सक्छ।

कस्मिरलाई भारतले केन्द्र सरकार मातहतमा ल्यापछि पाकिस्तानले भारतसंगका व्यापारिक गतिविधि बन्द गरेको छ। त्यसको कारण पनि पाकिस्तानमा आर्थिक संकट उतपन्न भएको भारतीय मिडियाको आँकलन छ।

प्रकाशित: २६ भाद्र २०७६ १२:१४ बिहीबार

कृषि उत्पादन महंगी