अन्तर्राष्ट्रिय

म्यान्मारमा ६ रेक्टरको भूकम्पः मन्दिर र विद्यालयमा क्षति

याङ्गुन- म्यानमारमा आइतबार राति आएको ६ म्याग्नीच्यूडको भूकम्पका कारण मन्दिर तथा विद्यालय भवनहरु भत्किएका छन्। देशको सागाङ क्षेत्रमा आएको भूकम्प धेरै ठूलो नभएकाले मानवीय क्षति भएको खबर नआएको सूचना तथा सार्वजनिक मन्त्रालयले सोमबार जनाएको छ। 

श्वेबो क्षेत्रमा केन्द्रविन्दु मानिएको उक्त भूकम्प ६ म्याग्नीच्युडको रहेको थियो। खिन यु सहरमा रहेका ३५ ओटा मन्दिर र ११ ओटा शिशु, आठ ओटा विद्यालय, एउटा मस्जिद, गाउँ प्रशासन कार्यालय र पाँच ओटा स्थानीय बासिन्दाका घर भत्किएको अधिकारीहरुले जनाएका छन्। 

मन्डलाय क्षेत्रको मन्डलाय र प्यीन, ओ लवीनलगायतका सहर, सागाङ क्षेत्रको मोन्यवा र चाउङ ओ सहरमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। ती क्षेत्रमा पटकपटक परकम्प पनि महुसस गरिएको स्थानीय बासिन्दाले बताएका छन्। सिन्ह्वा

प्रकाशित: १६ भाद्र २०७६ ०९:२५ सोमबार

म्यानमार भूकम्प