अन्तर्राष्ट्रिय

मानवाकृत रोबोट अन्तरिक्ष केन्द्रमा

मस्को – रुसले पहिलो मानवाकृत (ह्युमनोइड) रोबोट सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस)मा मंगलबार स्थापना गरेको छ। गत साता रुसको यो अभियान असफल भएको थियो।

‘फेदोर’ नाम दिइएको मान्छेकै शरीर जत्रो रोबोटले मानिस झैं यताउता हिँड्ने र वरपरबाट सामान ल्याउने तथा राख्ने कार्य गर्दछ। यसले खासगरी अन्तरिक्ष केन्द्रमा रहेका वैज्ञानिकलाई काममा सघाउने रुसी अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

‘सम्पर्क स्थापित भएको छ। रोबोट अन्तरिक्ष केन्द्रमा जोडिएको छ,’ अमेरिकी अन्तरिक्ष केन्द्र नासाका एक जना टिप्पणीकर्ताले बताए। रुसी अन्तरिक्ष केन्द्र रोसकोसमोसले पनि मानवविहीन ‘सोयुज एमएस–१४’ यानको सहयोगमा सो रोबोट अन्तरिक्षमा पु¥याइएको जनाएको छ।

अन्तरिक्षमा पठाइएको ‘फेदोर’ पहिलो रोबोट भने होइन। सन् २०११ मा नासाले जेनेरल मोटर्सको सहयोगमा बनाइएको ‘रोबोनट–२’ नामको रोबोट पठाएको थियो।

अमेरिकी नासा टेलिभिजनले यस अन्तरिक्ष अभियानको प्रत्यक्ष प्रशारण गरेको थियो। टिभीका टिप्पणीकर्ताले अन्तरिक्ष केन्द्रमा अब सात जना पुगेको बताएको छ। यसअघि नै छ जना वैज्ञानिक अन्तरिक्ष केन्द्रमा छन्। सो यान गत बिहीबार दक्षिणी कजाकस्तानबाट प्रक्षेपण गरिएको थियो। उक्त रोबोट आगामी सेप्टेम्बर ७ सम्म अन्तरिक्ष केन्द्रमा राखिने बताइएको छ।

सोयुज यानबाट खासगरी मानिसलाई मात्र अन्तरिक्षमा पु¥याउने गरिन्छ तर यस पटक रोबोट पठाइएको छ। यो यानमा ६ सय ७० किलोग्राम सुख्खा सामान पठाइएको छ जसमा औषधिजन्य उपकरण, खाना, औषधि र व्यक्तिगत सरसफाइका सामान रहेका छन्।

अन्तरिक्षमा पठाइएको ‘फेदोर’ पहिलो रोबोट भने होइन। सन् २०११ मा नासाले जेनेरल मोटर्सको सहयोगमा बनाइएको ‘रोबोनट–२’ नामको रोबोट पठाएको थियो। सो रोबोटलाई पनि उच्च जोखिमयुक्त ठाउँमा काम गर्न प्रयोग गरिएको थियो। तर प्राविधिक समस्या देखिएपछि ‘रोबोनट–२’लाई सन् २०१८ मा पृथ्वीमै फर्काइएको थियो।

सन् २०१३ मा जापानले पनि आफ्ना अन्तरिक्ष यात्रीसँगै ‘किरोबा’े नामको सानो रोबोट पठाएको थियो। टोयोटाले बनाएको सो रोबोटले संवादहरु संग्रहित गर्न सक्थ्यो तर यसले जापानी भाषा मात्र संग्रह गर्ने सामथ्र्य राख्थ्यो।सन् १९९८ देखि पृथ्वीको कक्षमा राखिएको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रले प्रतिघण्टा २८ हजार किलोमिटरको गतिमा पृथ्वीको वरिपरि घुम्ने गरेको छ।

प्रकाशित: ११ भाद्र २०७६ ०३:४४ बुधबार

अन्तरिक्ष रोबोट