अन्तर्राष्ट्रिय

अफगानिस्तानमा २५ लडाकू मारिए

अफगानिस्तान – अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको चामताल जिल्लामा तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा २५ लडाकू मारिएका छन्।

सो जिल्लाको उत्तरी क्षेत्रको सेनाका प्रवक्ता हानिफ रेजाइले सो कारबाही भएको पुष्टि गरेका छन्। चामताल जिल्लाको कैयौ गाउँमा शुक्रबार अपराह्न सो कारबाही गरिएको थियो।

चामताल जिल्लामा रहेका सशस्त्र तालिबान लडाकू विरुद्ध अफगान सेनाले बारम्बार कारबाही गर्दै आएका छन्। बाल्ख प्रान्तमा सक्रिय रहँदै आएका तालिबान लडाकू समूहले यस विषयमा केही पनि टिप्पणी गरेका छैनन्।

प्रकाशित: ८ भाद्र २०७६ ०५:२८ आइतबार

लडाकू तालिबान