अन्तर्राष्ट्रिय

उत्तरी अफगानिस्तानमा बम बिस्फोट

मजार ए सरिफ– अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सडक छेउमा राखिएको विद्युती धराप बिस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त धरापमा एउटा मिनिबस परेको थियो।

प्रान्तीय प्रहरी उपप्रमुख अब्दुल रजाक क्वादिरीले बाल्ख प्रान्तको दलत अबाद जिल्लामा मिनिबसलाई लक्षित गरी भएको आक्रमणमा नौ जना निर्दोष व्यक्ति मारिएको जानकारी दिए।

मृतक र घाइतेलाई स्थानीय जिल्ला अस्पतालमा लगिएको छ। घटनामा केही व्यक्ति गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने पनि रजाकले बताए। 

उहाँले आक्रमणमा तालिबान समूह जिम्मेवार रहेको दाबी गरे।

तालिबान समूहले सुरक्षा फौजलाई लक्षित गरी बारुदी सुरुङ बिछ्याउने गरेका छन्। यस्ता बिस्फोटबाट सामान्यतया सर्वसाधारणको मृत्यु बढी हुने गरेको छ। सिन्ह्वा

प्रकाशित: १ भाद्र २०७६ ०९:०५ आइतबार

अफगानिस्तान बम_विस्फाेट