अन्तर्राष्ट्रिय

हवाई कारबाहीमा परी सात तालिबान लडाकू मारिए

काबुल– अफगानिस्तानको पूर्वी भागमा पर्ने घाज्नी प्रान्तमा भएको एक हवाई कारबाहीमा परी छ तालिबानी लडाकू मारिएका प्रान्तीय सरकारले शनिबार जानकारी दिएको छ।

घाज्नी प्रान्तको दिह याक जिल्लाको हद्दा गाउँमा तालिबान लडाकू लुकेर बसेका स्थानलाई लक्ष्यगरी नेटोआवद्ध संयुक्त सेनाले हवाई कारबाही शुरु गरेको थिए। सोही कारबाहीमा छ तालिबान लडाकू मारिनुको साथै अन्य चार घाइते भएका प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। यस पहाडी प्रान्तमा लामो समययता सरकारी सुरक्षाबल र तालिबान लडाकू समूहबीच झडप जारी रहेको छ।रासस/सिन्ह्वा

प्रकाशित: ३२ श्रावण २०७६ ०८:३३ शनिबार

अफगानिस्तान तालिबान