अन्तर्राष्ट्रिय

कारबाहीमा ६० तालिबान लडाकू मारिए

अफगानिस्तान- अफगानिस्तानको गोर प्रान्तमा अफगान सुरक्षाबलले  करिब एक महिनासम्म गरेको सुरक्षा कारबाहीको क्रममा ६० जना तालिबान लडाकू मारिएका छन्। 

सो कारबाहीको क्रममा सुरक्षा बलले १०० भन्दा बढी गाउँ पुनः कब्जामा लिएको प्रान्तीय प्रहरी प्रमुख वाहिदुल्लाह शुक्रबार बताए। 

गोर प्रान्तको प्रान्तीय राजधानी फिरोज कोहमा करिब एक महिना भएको सुरक्षा कारबाहीमा परी कम्तीमा  ६० सशस्त्र तालिबान लडाकू मारिनुको साथै एक सय भन्दा बढी घाइते भएका थिए। सो सुुरक्षा कारबाहीको क्रममा १०८ ओटा गाउँ तथा क्षेत्र पुनः सरकारको कब्जामा आएको निजामीले पुष्टि गरेका हुन्।

यस कारबाहीको क्रममा सुरक्षाबलतर्फको क्षतिको भने कुनै समाचार प्राप्त नभएको जनाइएको छ। तालिबानका प्रवक्ता जाबिउल्लाह मुजाहिदले गोर प्रान्तमा सुरक्षाबलले झडप भएको पुष्टि गरेका छन् । तर प्रान्तीय प्रहरी प्रमुखको दाबीलाई भने उनले अस्वीकार गरेका छन्। सिन्ह्वा

प्रकाशित: ३१ श्रावण २०७६ १०:५४ शुक्रबार

अफगानिस्तान अफगान_सुरक्षाबल तालिबान_लडाकू