सिजीझुङ- चीनको हेबेइ प्रान्तको प्रहरीले अनलाईनबाट बन्दुक विक्री गर्नेहरुको संजाल तोडिएको जनाएको छ।
अनलाईनबाट बन्दुक विक्री गर्ने कार्यमा संलग्न २६ जनालाई पक्राउ पनि गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।
सिङताई नगरको सार्वजनिक सुरक्षा विभागले ४७ बन्दुक र ३० हजार थान गोली र ५० किलोग्रामभन्दा बढी बारुद पनि बरामद गरिएको जनाएको छ।
प्रहरीले यस बारेमा गत बर्ष सन् २०१८ को अन्त्यदेखि नै श्रीङ्खलाबद्ध रुपमा निगरानी गर्न थालेको जनाएको छ। लागु औषधसम्वन्धी घटनाहरुका बारेमा अनुसन्धान गर्दै जाँदा बन्दुक कारोबारका बारेमा थाहा हुन थालेको प्रहरीको भनाई छ।
तीन महिनासम्मको अनुसन्धानपछि अनलानईनबाट देश विदेशमा बन्दुक किनबेच हुनेगरेको पत्ता लगाएको हो। सिन्ह्वा
प्रकाशित: ३० श्रावण २०७६ १५:२९ बिहीबार