अन्तर्राष्ट्रिय

हवाई कारबाहीमा तेह्र तालिबान लडाकू मारिए

काबुल– अफगानिस्तानको दक्षिण कान्दाहार प्रान्तको शाह वालिकोट जिल्लामा लुकेर बसेका तालिबान लडाकू्लक्षित मङ्गलबार भएको हवाई कारबाहीमा कम्तीमा १३ तालिबान लडाकू मारिएका छन्।

सो प्रान्तका प्रहरी प्रवक्ता जमाल बारिक्जाईले बुधबार घटनाकाे जानकारी दिएका हुन। शाह वालिकोट जिल्लाको मानो क्षेत्रका लुकेर बसेका तालिबान लडाकूलक्षित सो आक्रमण भएको थियो। मङ्गबार राति भएको यस हवाई कारबाहीमा परी १३ तालिबान लडाकू मारिनुका साथै अन्य एक घाइते भएका थिए। तालिबान आतङ्ककारी समूहले यस विषयमा कुनै टिप्पणी गरेकाे छैन। रासस /सिन्हवा

प्रकाशित: २९ श्रावण २०७६ ०७:२५ बुधबार

तालिबान अाक्रमणा मृत्यु