अन्तर्राष्ट्रिय

कोपेनहेगन प्रहरी कार्यालय बाहिर विस्फोट

कोपेनहेगन – डेनमार्कको राजधानी कोपेनहेगनको प्रहरी चौकी बाहिर शनिबार बिहानै विस्फोट भएको छ। प्रहरीका अनुसार सो घटनामा सामान्य क्षति पुगे पनि कोही व्यक्ति मारिएका वा घाइते भएका छैनन्।

डेनमार्कमा अघिल्लो दिन पनि राष्ट्रिय कर कार्यालयमा यस्तै प्रकृतीको पिस्फोट भएका थिए। टेलिभिजन फुटेजमा प्रहरी कार्यालयको ढोका फुटेको र भवन बाहिर भग्नावशेष देखिएको छ। प्रहरीले विस्फोटको कारण अझै नखुलेको जनाएको छ। उक्त घटना नोर्रेब्रो जिल्लामा बिहान ३.१८ बजे भएको थियो। यस जिल्लासँगै जोडिएको ओस्टरब्रो जिल्लामा गत मंगलबार शक्तिशाली विस्फोट हुँदा कर कार्यालयमा ठूलो क्षति पुगेको थियो।

कोपेनहेगनका उपप्रहरी प्रमुख रास्मुस आगस्र्कोभ शुल्जले दुबै घटनालाई प्रहरीले सुक्ष्म रूपमा अनुसन्धान गरिरहेको जानकारी दिएका छन्। प्रहरीले कर कार्यालयमा भएको विस्फोट नियोेजित भएको तर कसले गरेको भने अझै नखुलेको बताएको छ। सोसल लिबरल पार्टीका एक सदस्य मोर्टेन ओस्टरगार्डले ट्विट गर्दै यो आक्रमण सबै डेनमार्कका नागरिकविरुद्ध भएको प्रतिक्रिया दिएका छन्।

 

प्रकाशित: २६ श्रावण २०७६ ०३:२३ आइतबार

डेनमार्क कोपेनहेगन विस्फोट