अन्तर्राष्ट्रिय

राष्ट्रपतिको चुनाव अगाडी तालिबानको चेतावनी

अफगानिस्तानमा तालिबान लडाकू समूहले अफगान नागरिकलाई चुनावी सभाबाट टाढा रहन चेतावनी दिएको छ।  सो समूहले आफ्ना लडाकूहरुलाई सेप्टेम्बरमा हुन गइरहेको मतदानको विरोधका खडा गर्न आदेश दिएको छ।

यस अगाडीका निर्वाचनहरुमा पनि तालिबान र अन्य विद्रोही समूहहरूले लगातार आक्रमण गर्दै आएका थिए। यस  वर्ष त चुनावी हिसा शुरु भइसकेको छ। अफगानिस्तानमा राष्ट्रपतीय पदको निर्वाचन अगामी सेप्टेम्बर २८ को लागि तय भएको छ।  तर यसको चहलपहल सुरु हुन सकेको छैन र केही उम्मेदवारहरूले आफ्नो चुनावी अभियान सुरु गर्न सेकेका छैनन्।

यस निर्वाचनलाई निरिक्षण गरिरहेका कैयौ पर्यवेक्षकहरुका अनुसार  यो चुनाव पुनः स्थगित हुनेछ भन्ने रहेको छ। अमेरिका र तालिबानबीच शान्ति अन्तिम सम्झौताको लागि भन्दै यसअघि नै दुई पटक राष्ट्रपतीय चुनाव स्थगित गरिएको छ।

अफगानिस्तानको चुनावले कुनै खास महत्व नराख्ने तालिबानले बताएको छ. सन् २०१४ को राष्ट्रपति चुनावमा पनि  ठगी र धोखा भएको तालिबानले आरोप लगाएका छन्। अमेरिकाको आदेशमा राष्ट्रपति असरफ घानी र प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्लाबीच शक्ति बाँडफाँड गर्ने सम्झौता भएको तालिबानको भनाई रहेको छ।

चुनाबी अभियानको शुरुमा नै यसै महिनाको पहिलो दिन उपराष्ट्रपतिका उम्मेदवारका अम्रुल्लाह सालेहकोे कार्यालयमा  गरेको आत्मघाती आक्रमणमा कम्तीमा २० व्यक्तिको मृत्यु  भएको थियो। एएफपी

प्रकाशित: २१ श्रावण २०७६ १३:४३ मंगलबार

अफगानिस्तान तालिबान_लडाकू चुनावी_सभा