अन्तर्राष्ट्रिय

एचएसबिसीले चार हजार कर्मचारी कटौती गर्ने

लन्डन – बेलायती बैंक एचएसबिसीले चार हजार रोजगारीका अवसरलाई कटौती गर्ने सोमबार सार्वजनिक एक घोषणामा उल्लेख गरिएको छ ।

एचएसबिसीका प्रमुख कार्यकारी अधिकृत जोन फ्लिन्टले बैंकलाई नयाँ आर्थिक संकटबाट जोगाउन बैंकले आफ्नो सेवाका लागि उपलब्ध गराउँदै आएका चार हजार जागिरका अवसरलाई घटाउने बताएका हुन् ।

‘बैंकलाई पुनः संरचना गर्ने उद्देश्यले हाम्रो सम्पूर्ण श्रम शक्तिको दुई प्रतिशत अर्थात् चार हजार पदलाई हामीले हटाउन लागेका छौं,” बैंकका प्रमुख आर्थिक अधिकृत एवेन स्टेभेनले बताए ।

उनले रोजगारी कटौतीअन्तर्गत बैंकले उच्च पदलाई व्यवस्थापन गर्न लागेको पनि बताए । बेलायतले युरोपेली संघ (इयू) बाट बाहिरिने तयारी गरिरहेका समय बैंकले यस्तो निर्णय गरेको छ ।

 

प्रकाशित: २१ श्रावण २०७६ ०१:१८ मंगलबार

एचएसबिसी कर्मचारी कटौती