अन्तर्राष्ट्रिय

हवाई आक्रमणमा ४२ को मृत्यु

त्रिपोली – लिबियाको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा ४२ जना मारिएका छन् भने दर्जनौं घाइते भएका छन् ।

संयुक्त राष्ट्रसंघले मान्यता दिएको सरकारका स्थानीय अधिकारीहरुले सोमबार आक्रमणबारे जानकारी दिएका हुन् । उनीहरुका अनुसार सरकारी सैनिकको टोलीले मोर्जुकमा रहेको एउटा आवासीय क्षेत्रमा आइतबार हवाई आक्रमण गरेको हो ।

नगरपालिकामा कार्यरत एकजना सरकारी अधिकारी इब्राहिम ओमरले फ्रान्सेली समाचार एजेन्सी एएफपीसँग भने, ‘आक्रमणमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् ।’ घटनामा परी घाइते भएका मध्ये ३० जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

 

प्रकाशित: २१ श्रावण २०७६ ०१:१८ मंगलबार

हवाई_आक्रमण