अन्तर्राष्ट्रिय

डुंगा दुर्घटनामा २५ को मृत्यु, ६ बेपत्ता

मनिला – फिलिपिन्सको मध्यक्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुंगा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ। इलोइलो र गुइमारासमा शनिबार तीनवटा डुंगा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीले आइतबार जानकारी दिएका छन्।

प्रकोप व्यवस्थापन निकायका अधिकारीका अनुसार थप ६ जना अझै हराइरहेकाले उनीहरुको खोजी जारी छ। इलोइलोबाट गुइमारासतर्फ गइरहेका बेला आँधी आएपछि तीन घण्टाको अवधिमा तीनवटा डुंगा पल्टिएको जनाइएको छ। आँधीले समुद्रमा ठूलो छाल ल्याएको थियो। आँधी, छाल र वर्षाका कारण यस क्षेत्रको मौसम खराब भएको छ भने यात्रुले पनि दुःख पाएका छन्।

 

प्रकाशित: २० श्रावण २०७६ ०१:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App