अन्तर्राष्ट्रिय

उफ्, बरफ नै पग्लिने क्या गर्मी

बर्लिन– पृथ्वीको तापक्रम बढेसँगै विश्वका चिसा भनिएका धेरै देशहरुमा गर्मी ह्वात्तै बढेको छ। योसँगै युरोपका पाँच ठाउँमा यस वर्ष इतिहास कै बढी गर्मी भएको हो। जसले गर्दा ग्रीनल्यान्डमा बर्षैंदेखि जमेर बसेको सित्ताम्मे देखिने हिँऊ पग्लेर पानीमा परिणत भएको छ।

विश्वमा अत्यधिक मात्रामा हिँउ हुने ठाउँ हो, ग्रीनल्यान्ड। यो एट्लान्टिक र आर्कटिक महाद्धिपको मध्य भागमा पर्दछ। जहाँ ८२ प्रतिशतको भूभागमा बरफ जम्छ। ग्रीनल्यान्डको क्षेत्रमा जमेको हिँउ दिनप्रतिदिन पग्लिने क्रममा छ। यस वर्षको ग्रीनल्यान्ड क्षेत्रमा ५६.५ प्रतिशत तापक्रम मापन गरिएको डेनिस मेटेरोलोजिकल सेन्टरका मौसमविद् रुथ मोटरामले बताइन्। उनका अनुसार सबैभन्दा ठन्डा भनेर मानिएको स्थानको हिँउ पग्लने क्रम जारी छ। यो जुलाईमा मात्र १० विलियन भन्दा बढि टोनमा ग्रीनल्यानड क्षेत्रको बरफ पग्लिरहेको उनले बताइन्।

मोत्तरमका अनुसार यहीं जुन १ देखि तिब्र गतीमा हिँउ पग्लन शुरु भएको हो। ग्रीनल्यान्डले यस वर्ष २४० विलियन म्याट्रिक टन हिँउ पग्लीएको उनले बताइन्। यसरी हिँउ पग्लने अवस्था अगष्टको अन्त्यसम्म रहिरहने पनि उनले भनिन्। 

जुन २०१९ मा अमेरिका र डेनमार्कमा वैज्ञानिकहरुले गरेको अध्ययन अनुसार, सन् २१०० मा ग्रीनल्यान्डको हिँउ पग्लेर ५ देखि ३३ सेन्टिमिटरसम्म समून्द्रको सतह बढ्ने देखाएको छ। हिँउ पग्लिने क्रम बढ्दै जानाले विश्वका विभिन्न ठन्डा तथा चिसो देशहरुमा तापक्रम अत्यधिक बढेको हो। रसियाको जङगलमा लागेको भयानक डढेलोले वातावरणमा ठूलो नकारात्मक असर परेको थियो। सो डढेलोले ३० हजार स्क्वायर किलोमिटरसम्मको हावामा असर गरेको थियो।

डढेलोबाट निस्केको धुवाँले साइबेरिया, रसियाको पूर्वीय तट र बेल्जियमसम्मको क्षेत्रमा ठूलो असर गरेको थियो। सो धुवाँले आर्कटिक आसपासका क्षेत्रका हावामा समेत तापक्रम बढाएको थियो। स्याटेलाईटबाट खिचिएको फोटोमा रसिया तथा त्यस नजिकका देशहरुमा असर पारेको डर लाग्दो दृश्य देखिएको थियो। सो डढेलोले आर्कटिक क्षेत्रसँगै ग्रीनल्यान्डमा पनि तापक्रम वृद्दि गर्न मद्दत पुगेको मोत्तरमले बताईन्।

मानवले गरेको औद्योगिक विकाससँगै बढेको तापक्रमले विश्वको तापमान यो वर्ष उच्च रहेता पनि आउँदो साताको अन्त्यतिर तापमान घट्दै जाने मोत्तरमको भनाई छ। उनका अनुसार, तापक्रम कम हुँदै आएपनि ग्रीनल्यान्डको हिँउ भने पग्लिनै रहनेछ।

प्रकाशित: १९ श्रावण २०७६ ०८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App