अन्तर्राष्ट्रिय

भारतमा सात माओवादी विद्रोही मारिए

नयाँ दिल्ली–  भारतको विशेष सुरक्षा फौजको कारबाहीमा परी सात माओवादी विद्रोही मारिएका छन्। जङ्गलमा रहेको उनीहरुको शिविरमा भएको आक्रमणका क्रममा शनिबार उनीहरु मारिएका प्रहरीले जनाएको छ।

मध्य भारतमा पर्ने छत्तिसगढ राज्यमा चरम बामपन्थी विद्रोहीका कारण केही बर्षदेखि द्वन्द्व सृजना भएको छ। सन् १९६० को दशकमा सुरु भएको द्वन्द्वका कारण दशौ हजारको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन्। छत्तिसगढ राज्यको राजधानी रायपुरदेखि झण्डै ७० किलोमिटर टाढा पर्ने राजनान्ड्गोन जिल्लामा रहेको माओवादी शिविरमा घटना भएको हो।

'घटनास्थलबाट सात ओटा शव नियन्त्रणमा लिइएको छ,' नाम उल्लेख नगर्ने सर्तमा एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई जानकारी दिए। ती व्यक्तिका अनुसार सुरक्षाकर्मीहरुले माओवादी विद्रोहीका हातहतियार तथा अन्य बन्दोबस्तीका सामग्रीहरु पनि बरामद गरेका छन्। रासस/एएफपी

प्रकाशित: १८ श्रावण २०७६ ०९:११ शनिबार

भारत माअाेबादी