अन्तर्राष्ट्रिय

जाग्रेभमा गाेली हानी एकै परिवारका ६ जनाको हत्या

सांकेतिक तस्बिर

जाग्रेभ- क्रोएसियाको राजधानी जाग्रेभमा एक जना शंकास्पद व्यक्तिले बिहीबार राति गोली हानी एकै परिवारका छ जनाको हत्या गरेको प्रहरीले जनाएको छ।

गोली चलाउने व्यक्तिले पनि आत्महत्या गरेको प्रहरीको भनाई छ। स्थानीय सञ्चार माध्यमहरुका अनुसार ती शंकास्पद व्यक्तिले पूर्व प्रेमिका र एक बालक सहित उनको परिवारका चार जनालाई गोली हानी हत्या गरेका थिए।

प्रहरीले मृत्यु भएकाहरुमा दुई पुरुष, तीन महिला र एक बालक रहेको जनाएको छ। त्यही भवनमा भेटिएका अर्का एक बालक भने सुरक्षित भेटिएका थिए। एएफपी

प्रकाशित: १७ श्रावण २०७६ ०९:३९ शुक्रबार

क्रोएसिया शंकास्पद_व्यक्ति हत्या