अन्तर्राष्ट्रिय

ली फङको अन्त्यष्टि

चीन- चीनका भूतपूर्व प्रधानमन्त्री तथा चिनियाँ कम्यूनिष्ट पार्टीका नेता  स्वर्गीय ली फङप्रति अन्तिम सम्मान प्रकट गर्दै सोमबार राजधानी बेइजिङमा अन्त्यष्टि गरिएको छ। बोबाओशान समाधीस्थलमा ली फङको मृत शरीरलाई चिनियाँ संस्कार अनुसार अन्त्यष्टि गरिएको छ।

अन्त्येष्टि समारोहमा नेता फङलाई अन्तिम सम्मान प्रकट गर्न राष्ट्रपति सी जिनफिङ, नेताहरू ली खच्छ्याङ, ली झाङ्सु, वाङ याङ, वाङ हुनिङ, झाओ लेजी, हान झेङ, वाङ किसान र जियाङजमिनलगायतले अन्तिम सम्मान व्यक्त गरे।

नेता हु जिन्ताओ भने बेइजिङबाहिर रहेकाले उक्त अन्त्येष्टि कार्यक्रममा सहभागी भए। उनले स्वर्गीय नेता ली फङप्रति अन्तिम सम्मान प्रकट गर्दै पुष्पमाला पठाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको बताइएको छ। 

ली फङको ९० बर्षको उमेरमा गत सोमबार निधन भएको थियो। सिन्ह्वा

प्रकाशित: १३ श्रावण २०७६ १४:२२ सोमबार

चीन ली_फङ अन्त्येष्टि