अन्तर्राष्ट्रिय

क्युबाका राष्ट्रपति भेनेजुएला भ्रमणमा

काराकास- क्युवाका राष्ट्रपति मिगेल डायाज–केनेल भेनेजुएलाको भ्रमणका निम्ति आइतबार राजधानी काराकास आइपुगेका छन्। दक्षिण अमेरिकी प्रगतिशील राजनीतिक दलहरुको साओ पाउलो फोरमको बैठकमा भाग लिन राष्ट्रपति केनेल भेनेजुएला आइपुगेका हुन्।

भेनेजुएलाको सत्तारुढ पार्टी र संकटको सामना गर्नु परेका राष्ट्रपति निकोलास मदुरोलाई विगतदेखि गरिरहेको सहयोगलाई अझ बढी समृद्ध तुल्याउन भ्रमणले सहयोग पुग्ने राष्ट्रपति केनेलले बताए।

काराकासस्थित माइक्वेटा सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति केनेलले भने – क्युवाले भेनेजुएलालाई बिनाशर्त समर्थन र अनुमोदन गरिरहेको छ, र यसलाई हामी निरन्तरता दिन चाहन्छौं हामी भेनेजुएलाका क्रान्तिकारीको पक्षमा छौं।

राष्ट्रपति केनेलले दक्षिण अमेरिका र क्यारेबियन क्षेत्रका बामपन्थी शक्तिहरु एकताबद्ध रहेको देखाउन पनि मञ्चको बैठक महत्वपूर्ण हुने बताए।

अफ्रिका, एसिया र युरोप समेतका विश्वका विभिन्न भागबाट प्रगतिशील राजनीतिक समूहका प्रतिनिधिमण्डलले तीन दिने यस सम्मेलनमा भाग लिँदैछन्। उक्त सम्मेलन शुक्रबारदेखि शुरु हुँदैछ। सिन्ह्वा

प्रकाशित: १३ श्रावण २०७६ ०९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App