अन्तर्राष्ट्रिय

राजदूत आचार्यद्वारा भारतीय विदेशमन्त्रीसँग भेट

काठमाडौ – भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्यले शुक्रबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छन्। गत मार्चमा भारतका लागि राजदूतमा नियुक्त भएर गएका नवनियुक्त विदेशमन्त्री जयशंकरसँग भेट गरेका हुन्।

गत मई ३० मा विदेशमन्त्रीको शपथ ग्रहण गरेका जयशंकरलाई राजदूत आचार्यले मन्त्री नियुक्त भएको झन्डै दुई महिनापछि मात्र भेट गर्ने अवसर पाएका हुन्। भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ। राजदूत आचार्यले जयशंकर विदेशमन्त्री नियुक्त भएलगत्तै भेट्ने प्रयास गरे पनि लामो समयपछि मात्र भेट गर्ने अवसर पाएका हुन्।

प्रकाशित: ११ श्रावण २०७६ ०१:४४ शनिबार

राजदूत भारतीय_विदेशमन्त्री भेट