अन्तर्राष्ट्रिय

आत्मघाती बम विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु

अफगानिस्तान- राजधानी काबुलमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ।  काबुलमा अन्य दुई बम विस्फोट पनि भएको जनाइएको छ।  

 अमेरिकाको नेतृत्वमा तालिबान लडाकू समूहसँग शान्ती वार्ताको प्रयास जारी रहृेको यस अवस्थामा काबुललगायत पूरा अफगानिस्तानमा द्वन्द्व बढेको पाइएको छ ।

 पूर्वी काबुलमा स्थानीय समयाअनुसार बिहीबार बिहान ८ः१० बजे मोटसाइकलमा आएको एक आत्मघाती आक्रमणकारीले एक बसलाई लक्ष्यगरी विस्फोट गराएको गृह मन्त्रालयका प्रवक्ता नसरात रामीले बताए। यस आत्मघाती विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु भएको रामीले बताए।
 
सो बस खनिज र पेट्रलियम मन्त्रालयसँग आवद्ध भएको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरुले चेतावनी दिएका छन्।  काबुलमा नै  एक कारबमसहित दुइ बम विस्फोट भएको पनि रामी बताए।

यस दुई बम विस्फोटको विस्तृत विवरण प्राप्त नभएको र यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा पनि नलिएको जनाइएको छ। एएफपी

प्रकाशित: ९ श्रावण २०७६ ०७:२६ बिहीबार

काबुल बम_विस्फोट मृत्यु