अन्तर्राष्ट्रिय

सरकारी नीतिबाट पीडितसँग आबेद्वारा क्षमा याचना

सिन्जो आबे

टोकियो – जापानका प्रधानमन्त्री सिन्जो आबेले सरकारी नीतिले असर परेका जनतासँग बुधबार माफी मागेका छन्। कुष्ठ रोगका विरामीलाई पक्षपात गर्ने गरी यसअघि लागू भएको नीतिगत व्यवस्थाले पर्न गएको असर र विभेदप्रति प्रधानमन्त्रीको रूपमा आफूले सम्बन्धित जनतासँग माफी चाहेको प्रधानमन्त्री आबेले बताएका छन्। ‘यस नीतिका कारण तपाईंहरुलाई परेको असरप्रति प्रधानमन्त्रीका रूपमा म गहिरो क्षमा याचना गर्दछु,’ उनले पीडितहरुसँग भने।

कुष्ठ रोगका विरामीलाई पक्षपात गर्ने गरी यसअघि लागू भएको नीतिगत व्यवस्थाले पर्न गएको असर र विभेदप्रति प्रधानमन्त्रीको रूपमा आफूले सम्बन्धित जनतासँग माफी चाहेको प्रधानमन्त्री आबेले बताएका छन्।

प्रधानमन्त्री आबेले उनीहरूको अमूल्य जीवनमा कठिनाइ भएको र पीडा पर्र्न गएकोमा आफूलाई अत्यन्त दुःख लागेको पनि बताएका छन्। उनले कुष्ठ रोगबाट पीडितका परिवारजनसँग मिलेर विभेद अन्त्य गर्न सरकारले विषेश अभियान चलाउन चाहेको पनि उल्लेख गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।

प्रधानमन्त्री आबेले पीडितहरुसँग निकै झुकेर कुरा गरेका थिए। उनले पीडितमध्येका केही प्रतिनिधि पात्रहरूलाई भेटेको सिन्ह्वाले जनाएको छ। जापानको एक अदालतले केही समय अगाडि कुष्ठरोगसम्बन्धी पुरानो कानुन विभेदपूर्ण रहेको ठहर गरेर नयाँ कानुन बनाउन सरकारका नाममा आदेश दिएको थियो।

प्रकाशित: ९ श्रावण २०७६ ०१:५७ बिहीबार

नीति पीडित सिन्जो_आबे क्षमा_याचना