अन्तर्राष्ट्रिय

अफगानिस्तानमा चार प्रहरीसहित ६ जना मारिए

अफगानिस्तान- पश्चिमी प्रान्त फराहमा भएको झडपमा परी कम्तीमा पनि छ जनाको ज्यान गएको छ। यसरी मारिनेमा चार जना प्रहरी पनि परेको बताइएको छ। 

उक्त प्रान्तको दाराबाद भन्ने स्थानमा यहाँका प्रहरी र तालिबानबीच गोली हानाहान भएको बताइएको छ। त्यस क्रममा मङ्गलबार अपरान्ह छ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। 

दाराबाद जिल्लाको सुल्तान मिरमा रहेको प्रहरी चौकीमा तालिबानहरुले हमला गरेका थिए। हतियारसहित ठूलो संख्यामा आएका तालिबानहरुले त्यस प्रहरी चौकीमा हमला गरेपछि दोहोरो भिडन्त भएको थियो। 

भिडन्तका क्रममा चार जना प्रहरी र दुई जना तालिबान मारिएका सो जिल्लाका प्रहरी प्रवक्ताले जानकारी दिएका छन्। केही घन्टा उक्त भिडन्त चलेको थियो। त्यस क्रममा अरु दुई जना प्रहरी र चार तालिबान घाइते भएका छन्। 

अफगानिस्तानको फराह प्रान्तमा तालिबानहरु विगतदेखि नै सक्रिय रही आएका बताइन्छ। यो पछिल्लो झडपको विषयमा उनीहरुले कुनै प्रतिक्रिया दिएका छैनन्। सिन्ह्वा

प्रकाशित: ८ श्रावण २०७६ ११:२२ बुधबार

अफगानिस्तान झडप प्रहरी तालिबान