अन्तर्राष्ट्रिय

म जेल जान तयार छु – प्रियङ्का गान्धी

मिर्जापुर– भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएकी छन्।

गत जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उनले यस्तो बताएकी हुन्। 'पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु,' उनले ट्विटरमा लेखेकी छन्। उनले जमानत कुनै हालतमा पनि नतिर्ने बताएकी छन्। आफूले हिंसा नचाहेको र उनीहरुलाई आफूले जसरी पनि भेट्ने प्रियङ्काको भनाई छ। रासस/एएनआई

प्रकाशित: ४ श्रावण २०७६ १०:१९ शनिबार

प्रियङ्का_गान्धी भारतीय_काँग्रेस