अन्तर्राष्ट्रिय

हङकङका विषयमा कुनै देशलाई बोल्न अनुमति छैनः चीन

बेइजिङ– हङकङका गतिविधिहरू चीनको आन्तरिक विषय भएकाले कुनै पनि देशलाई यसबारे बोल्न अनुमति नदिइएको चीनले बताएको छ। विदेशी मन्त्रालयका प्रवक्ता लू खाँगले एउटा पत्रकार सम्मेलनमा भनेका छन्, ‘हामी कुनै पनि देश तथा संगठनलाई हङकङको विषयमा मुख खोल्न अनुमति दिँदैनौं, यसको कडा रुपमा विरोध गर्छौं।’

रिपोर्टका अनुसार, ब्रिटिस प्रधानमन्त्री थेरेसा मे ले दिएको भाषणमा भनेका छिन्, ‘मलाई अपेक्षा छ कि ब्रिटेन र चीनबीच राम्रो आर्थिक सम्बन्ध कायम भइरहनेछ।’

यसबारे लू खाँगले पनि आफ्ना कुरा राखेका थिए। उनका अनुसार चीन र ब्रिटेनबीच राम्रो सम्बन्ध बनाइराख्नका लागि दुवै देशका नेताहरूबीच आमसहमति हुनु हो। ‘यदि दुवै देशबीच भएको सहमतिको आधारमा एकैसाथ अघि बढेर सम्बन्ध बनाइराखेमा मात्र दुवै देशका जनताका लागि लाभदायक हुनेछ,’ उनले भने।

१९९७ जुलाई १ मा हङकङ फेरि चीनमा आएपछि हङकङको हरेक गतिविधि चीनको आन्तरिक विषय भएको लू खाँगले बताएका थिए। चीनको संविधान र हङकङको मूल कानुनको आधारमा आफूहरूले हङकङमा शासन गर्ने र ब्रिटेनलाई हङकङमाथि शासन गर्ने अधिकार नरहेको पनि उनले बताए उल्लेख गरे।

चीनले कुनै पनि देशलाई हङकङको विषयमा बोल्न अनुमति कहिल्यै पनि नदिइने र बोलेको खण्डमा यसको कडाभन्दा कडा विरोध गर्ने चेतावनीसमेत उनले दिए।

प्रकाशित: ४ श्रावण २०७६ १०:०३ शनिबार

हङकङ चीन आन्तरिक_विषय